सात वटा हेलिकप्टरलाई आकस्मिक अवतरण

काठमाडौं । वर्षाका कारण मौसम खराब भएपछि लुक्लाबाट काठमाडौं उडेका सात वटा हेलिकप्टर काभ्रे जिल्लामा आकस्मिक अवतरण भएका छन् ।

काभ्रे जिल्लाको पाँचखाल र सिन्धुली जिल्लाको नेपालथोकमा ती हेलिकप्टरहरू मंगलबार बिहान आकस्मिक अवतरण भएका हुन् ।

पाँचखाल–२ जोरपाटी र हर्सेमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन् ।

सिन्धुलीको नेपालथोकमा ३ वटा हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको छ ।

मनाङ्ग एयरको दुबै हेलिकप्ट ५–५ विदेशी यात्रु, कैलाश एयर २ विदेशी यात्रु र सिम्रिक एयरमा ५ यात्रु सवार रहेका थिए ।

Published : Tuesday, 2019 September 17, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया