कांग्रेस नेता पौडेल प्रदेश ५ मा जाँदै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोश्रो जागरण अभियान अन्तरगत प्रदेश नम्बर पाँचका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुने भएका छन् ।

नेता पौडेल असोज ५ गतेदेखि प्रदेश ५ को भ्रमणमा निस्कन लागेका हुन् । नेता पौडेलले आफ्नो भ्रमण असोज ५ गते रुपन्देहीबाट शुरु गरेको भ्रमण असोज १० गते बाँके पुगेर समापन गर्नेछन् ।

उनी असोज १० गते नेपालगञ्जबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

भ्रमण कार्यक्रम

१. २०७६ असोज ५ गते बिहान भैरहवा हुदै कपिलवस्तु प्रस्थान र हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम तौलीहवामा सम्वोधन पश्चात । (रात्रि मुकाम, कपिलवस्तु, तौलिहवा)

२. २०७६ असोज ६ गते बिहान कपिलवस्तुबाट प्यूठान प्रस्थान र हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम लाई प्यूठानमा सम्वोधन । (रात्रि मुकाम, रोल्पा ) ।

३. २०७६ असोज ७ गते नेपाली कांग्रेस रोल्पा जिल्लाले आयोजना गरेको विभिन्न कार्यक्रमलाई सम्वोधन गर्ने र हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको समापन कार्यक्रमलाई सम्वोधन गर्नुहुनेछ । (रात्रि मुकाम, प्यूठान स्वर्गद्धारी)

४. २०७६ असोज ८ गते स्वर्गद्धारीबाट दाङ्ग प्रस्थान दाङ्गमा हुने विभिन्न कार्यक्रमलाई सम्वोधन गर्नुहुने । (रात्रि मुकाम घोराही)

५. २०७६ असोज ९ गते दाङ्ग जिल्लामा हुने विभिन्न कार्यक्रमलाई सम्वोधन गर्नुहुनेछ । (रात्रि मुकाम तुलसीपुर)

६. २०७६ असोज १० गते दाङ्ग जिल्लाबाट नेपालगञ्ज प्रस्थान र हवाई मार्ग हुदै काठमाडौं फर्कनुहुनेछ ।

Published : Monday, 2019 September 16, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया