देउवाको जिल्लामा जल्यो ओली–दाहालको पुत्ला
डडेलधुरा । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले डडेल्धुरा जिल्लामा प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला जलाएका छन् ।
आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएको जनाएको छ । डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो ।
सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत पुतला दहन गरिएको छ ।
नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको विरोधमा ओली र प्रचण्डको पुतला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिएका छन् ।
घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने सभापति मल्लले मा गरेका छन् ।
नेपाली कांग्रेसको जागरण अभियानको कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताले आक्रमण गरेर बाँके सभापति किरण कोइरालालाई घाइते बनाएको मल्ले बताए ।
आफूहरू नेकपासँग लड्न तयार रहेको चेतावनी उनले दिएका छन् । उनले प्रजातन्त्रविरोधी क्रियाकलापहरू रोक्न सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि युवाहरूको समूहले आक्रमण गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया