महासचिवद्वारा तरुण अध्यक्षलाई कारबाही

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले अध्यक्ष जितजंग बस्नेतलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका छन् ।

शाहीले शनिबार साँझ विज्ञप्ति जारी गरेर अध्यक्ष बस्नेतलाई विभिन्न आरोपहरू लगाउँदै कारबाही गरेका हुन् । शाहीका अनुसार बस्नेतलाई एक वर्षका लागि कारबाही गरिएको छ ।

महासचिव शाहीले अध्यक्ष बस्नेतलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको बताएका छन् ।

अध्यक्ष बस्नेतले शाहीलाई बर्खास्त गरेको विज्ञप्ति सार्वजनिक गरेको केही समयपछि महासचिव शाहीले पनि विज्ञप्ति मार्फत अध्यक्षलाई एक वर्षका लागि सदस्य समेत नरहने गरी कारबाही गरिएको विज्ञप्ति जारी गरेका हुन् ।

अध्यक्ष बस्नेतलाई महासचिव शाहीले भ्रष्टाचारविरुद्धको कार्यक्रम रोकेको, तरुण दल विस्तारमा ढिलाइ गरेको, संगठनको विधि, विधान, मूल्य मान्यता र भावना विपरित तानासाही प्रवृतिले अघि बढेको, बाढीपीडितका नाममा संकलित रकम दूरुपयोग गरेको लगायतका गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।

नेपाल तरुण दलभित्रको विवाद शनिबारदेखि छताछुल्ल भएको छ । अध्यक्ष बस्नेत सभापति शेरबहादुर देउवा निकटका हुन् भने महासचिव शाही बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

Published : Sunday, 2019 September 15, 7:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया