बाँके घटनाले कम्युनिस्टहरू नाङ्गिएः डा.डिला संग्रौला

काठमडौं । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले बाँके जिल्लाको खजुरा गाँउपालिका सीतापुरमा पार्टीको जागरण अभियान कार्यक्रम चलिरहेको अवस्थामा सत्तारुढ नेकपाका कार्यकर्ताहरू प्रवेश गरी अन्धाधुन्द आक्रमण गरेको घटनाको भर्त्सना गरेकी छिन् ।

प्रतिनिधि सभाकी सांसद समेत रहेकी डा.संग्रौलाले नेकपाको आक्रमणबाट नेपाली कांग्रेसको जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर भएको भन्दै स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

केन्द्रीय प्रतिनिधि विध्याप्रसाद खनाल लगायत दर्जनौ स्थानीय नेता तथा कार्यकर्ताहरू घाइते भएको भन्दै उनले यो घटनाले कम्युनिष्टको चरित्र उदाङगिएको बताएकी छिन ।

‘सत्ता र शक्तिको उन्मादमा गुण्डागर्दी शैलीमा भएको घृणित आक्रमणको घोर भर्त्सना गर्दछु’, कांग्रेस नेतृ डा.संग्रौलाले भनेकी छिन्, ‘कुनै पनि राजनीतिक दलले शाान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि ठाडो प्रहार भएको छ ।’

‘यस किसिमको अराजक घटना एवं अमानवीय कार्य हुँदासम्म पनि सुरक्षा निकाय, स्थानीय प्रशाासन एवं सरकार मौन बस्नु अत्यन्त दुःखदायी कुरा हो’, उनले भनेकी छिन्, ‘घाइतेहरूको शीघ्र स्वास्थय लाभको कामना गर्दै दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

Published : Friday, 2019 September 13, 5:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया