कर छल्ने र कर छल्न सहयोग गर्नेलाई कारबाही गर्नुपर्छः गंगा चौधरी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरी सत्गवाँले हरेक नागरिकलाई करको दायरामा ल्याउने दायित्व सरकारको रहेको बताएकी छिन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा शून्य समयमा धारणा राख्दै सांसद चौधरीले आफ्नो दायित्वबाट सरकार विमुख हुन नहुने बताइन् । उनले एनसेलतर्फ संकेत गर्दै कारबाहीको माग गरेकी छिन् ।

‘कर छली गर्ने । कर छली गर्नेलाई बचाउ गर्ने दुबैलाई उन्मुक्ति दिनु हुँदैन’, उनले भनिन्, ‘दुबै जना अपराधी भएको हुनाले संविधान र कानूनभन्दा कोही पनि माथि छैन ।’

उनले भनेकी छिन्, तिनीहरूलाई सजायको भागिदारीमा सहभागी गराउनुपर्छ ।’

एनसेलको लाभकरमा छुट दिने गरेर सर्वोच्च अदालतले फैसला गरेपछि सत्तारुढ दलकै सांसदहरूले त्यसको विरोध गर्दै आएका छन् ।

केही सांसदहरूले एनसेलको लाभकर तिर्नबाट उन्मुक्ति दिने गरेर फैसला गर्ने न्यायाधीशहरूलाई महाभियोग लगाउन माग समेत गरिरहेका बेला नेकपाकी सांसद चौधरीले कर छली गर्ने र कर छलीमा उन्मुक्ति दिन सहयोग गर्ने दुबैलाई कारबाहीको माग गरेकी हुन् ।

Published : Thursday, 2019 September 12, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया