नेविसंघद्वारा वीपीको सम्झनामा कीर्तिपुरमा वृक्षारोपण

काठमाडौं । नेपाल विद्यार्थी संघले वीपी कोइरालाको १०६ औँ जन्म जयन्तीको अवसरमा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षारोपण गरेको छ ।

मंगलबार देशैभरि शुरु भएको नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानलाई सहयोग गर्न त्रिभुवन विश्व विद्यालय कीर्तिपुरको परिसरमा वृक्षारोपण गरिएको नेविसंघका नेता पवन यादवले जानकारी दिए ।

वृक्षारोपणपछि आयोजित कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सम्बोधन गरेका थिए । उनले देशमा वीपीले देखाएको मार्गदर्शनलाई अझै सशक्त रुपमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले गाउँगाउँसम्म लैजानुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिका सभापति कृष्णमान डंगोल, नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, नेविसंघका नेता पवनकुमार यादव, पुष्प कुमारशाह, अम्बिका चालाउने, प्रेम जोशी, गीता गुरुङ, दुजाङ शेर्पा, मनीषजंग थापा लगायतका विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2019 September 10, 5:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया