दिल्लीमा कांग्रेसका नेता र भारतीय नेताहरूबीच भेटवार्ता

नयाँदिल्ली । नेपाली कांग्रेसका नेताहरूले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालासँग भेटवार्ता गरेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा कार्यक्रममा भाग लिए आएका नेपाली कांग्रेसका नेताहरू भाजपाका नेताहरूसँग भेटघाट गरेका हुन् । नेपाली कांग्रेसका नेताहरूले भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसदहरूसँग पनि भेटवार्ता गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्का, केन्द्रीय सदस्य दिलेन्द्र बडू र युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले भाजपा र भारतीय राष्ट्रिय कांग्रेस आईका नेता तथा सांसदहरूसँग भेटघाट गरेका हुन् ।

भेटवार्तामा दुई देशका जनताबीचको सम्बन्ध र समसामयिक विषयमा कुराकानी भएको नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले जानकारी दिए ।

उनले भने, ‘राजनीतिकभन्दा पनि सामाजिक, आर्थिक र दुई देशका जनताबीचको सम्बन्धमा कुराकानी भयो । हामीले नेपाल–भारतबीचको सम्बन्ध आफ्नै खालको छ भनेका छौँ । त्यो कुरा उहाँहरूले पनि स्वीकार गर्नुभएको छ ।’

 

Published : Tuesday, 2019 September 10, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया