प्रकाशको चन्दा आतंकले मेडिकल सञ्चालक आजित

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारद्वारा प्रतिवन्ध लगाइएपछि भूमिगत भएका नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले मेडिकल कलेजहरूमा चन्दा आतंक मच्चाएको खुलासा भएको छ ।

बाहिर हेर्दा मेडिकल कलेज सुधारको नाममा संघर्ष समिति बनाएर आन्दोलन शुरु गरेपनि भित्री रुपमा प्रकाशको धन्दा बेग्लै रहेको किस्ट मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थी बताएका छन् ।

केही दिन अगाडि किस्टमा अध्ययनरत विद्यार्थीलाई होस्टलमै गएर जबर्जस्ती आन्दोलनमा लैजान खोजेपछि प्रकाशलाई विद्यार्थीले लखेटेका थिए ।

नाम उल्लेख नगर्ने सर्तमा किस्टका ती विद्यार्थीले भने, ‘आफू भने चितवन मेडिकल कलेजको व्यवस्थानलाई धम्काएर निःशुल्क डाक्टर पढ्ने ! अनी हामी जस्ता सोझा विद्यार्थीलाई प्रकाश चन्दले धम्काएको भरमा आन्दोलनमा जानुपर्ने यो कस्तो बिडम्बना हो ?’

निःशुल्क एमबीबीएसको अध्ययन सिध्याएका प्रकाश चन्दले देशभरिका अधिकांश मेडिकल कजेलसँग मेडिकल सुधारको नाममा आन्दोलनको नाटक गरेर भित्रभित्रै चन्दा आतंक मच्चाएको स्रोतले जनाएको छ ।

चितवन मेडिकल कलेजका केही विद्यार्थीलाई धम्काएर दिनहुँ प्रदर्शनमा उतारेर प्रकाशले चितवनकै भरतपुर मेडिकल कलेजमा भने प्रवेश गर्न सकिरहेका छैनन् ।

उक्त कलेजबाट प्रकाश चन्दले मोटो रकम हाता पारेको एक जना विद्यार्थीले दावी गरेका छन् ।

‘हामीले नेपाल सरकारले तोकेको शुल्क लिएर एमबीबीएसको अध्यापन गराएका छौँ । राज्यले तोकेको भन्दा दायाँबायाँ गरेका छैनौँ’, स्रोतले भन्यो, ‘प्रकाश चन्दले विभिन्न बहानामा चन्दा माग गरेर हैरान बनाएका छन् । प्रहरी प्रशासनले हाम्रो समस्यालाई ध्यान दिएको छैन ।’

प्रकाश चन्दका वुवा ‘विप्लव’ले चन्दा उठाउने पार्टीको कुनै नीति नरहेको दाबी गर्दै आएका छन् ।

तर, उनकै छोरा प्रकाश चन्दले मेडिकल कलेजहरूसँग मोटो रकम चन्दा माग गरेर हैरान बनाएपछि मेडिकल कलेजका सञ्चालकहरू आजित बनेका हुन् ।

एकातिर संसदकै शिक्षा समितिले मेडिकल कलेजको विषयमा छानविन गरेर सरकारलाई प्रतिवेदन नै पेश गरिसकेको छ ।

अर्को्ितर अबैध रुपमा प्रकाशले संघर्ष समितिको नाममा मेडिकल कलेजहरूमा लूटधन्दा मच्चाएपछि विद्यार्थी मारमा पर्ने देखिन्छ ।

आफूले एमबीबीएसको शिक्षा पूरा गरिसकेका प्रकाशले अन्य विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भनेर आक्रोश बढ्न थालेको छ ।

Published : Monday, 2019 September 9, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया