मातृभूमिका लागि नेपाली काठमाडौं गठन

काठमाडौं । मातृभूमिका लागि नेपाली अभियान अन्र्तगत काठमाडौं जिल्लाको भेला एक समारोहबीच भदौ २१ गते सम्पन्न भएको छ ।

भेलाले जुलुमरत्न डंगोलको संयोजकत्वमा ५७ सदस्यीय मातृभूमिका लागि नेपाली काठमाडौंको जिल्ला समितिको गठन गरेको छ ।

गठित समतिको सहसंयोजकमा दीपकसिंह महर्जन, जुना लामा र पूर्णप्रसाद कोइराला, सचिवमा अधिवक्ता दीपकमान जोशी, कोषाध्यक्षमा विन्दु महर्जन श्रेष्ठ, सहसचिवमा शान्त महर्जन र प्रवक्तामा ज्ञानप्रसाद खनाल रहेका छन् ।

समितिका सदस्यहरूमा क्रमशः राहुलराय दाश, रक्षा श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, सविना नगरकोटी, किशोर पन्त, योगेश श्रेष्ठ, ज्वालामान श्रेष्ठ, सजिव बज्राचार्य, दिनेश परियार, केशव खत्री, नरेशकुमार हमाल, प्रवीण भण्डारी, आनन्द डंगोल, अमृतलाल श्रेष्ठ, भगवानदास कुस्ले, राजेश रंजित, सवी घिमिरे, राजेन्द्र डंगोल, राजेन्द्र महर्जन र भवानी लम्साल रहेका छन् ।

समितिका अन्य सदस्यहरूमा सकुन्तला पौडेल, रीता कार्की, दिनेशप्रसाद देव, रमेश मलेखु, अर्जुन खड्का, वालमुकुन्द महर्जन, प्रवीण आचार्य, लक्ष्मी रिजाल, प्रिती डंगोल, शंकर श्रेष्ठ, सानुमैया डंगोल, अजयकुमार श्रेष्ठ, सुमन दाहाल, हरिवहादुर कार्की, राजेश शाही, शोभा श्रेष्ठ, विश्वराज कुँवर, सुनिता गौतम, कृष्णकुमार पौडेल, उत्तम महर्जन, रमेश प्रधान, प्रकाश श्रेष्ठ र रवि भुजेल रहेका छन् ।

नवगठित समितिका सम्पूर्ण सदस्यले माटोको टीका लगाएर मातृभूमिको रक्षाको लागि आफूहरू इमान्दारितापूर्वक लाग्ने सपथ लिएका थिए ।

भेलालाई सम्वोधन गर्दै मातृभूमिका लागि नेपालीका केन्द्रीय परिषद् सदस्य एवं वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, महासचिव एवं संविधानसभा सदस्य एवं नेपाल सरकारका पूर्वसचिव जनकराज जोशी, केन्द्रीय परिषद सदस्य एवम् पूर्व गभर्नर डा.तिलक रावल, केन्द्रीय प्रवक्ता एवम् मधेस मामला विज्ञ डा.राजेश अहिराज र केन्द्रीय परिषद् सदस्य एवं फौजदारी कानूनका विज्ञ अधिवक्ता सुवास आचार्य लगायतले सम्वोधन गरेका थिए ।

मातृभूमिका लागि नेपालीका काठमाडौं जिल्ला संयोजक जुलुमरत्न डंगोलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत सहसंयोजक दीपकसिंह महर्जन, संचालन केन्द्रीय सचिव सनत आचार्य र धन्यवाद ज्ञापन प्रचार प्रसार संयोजक सुभासप्रसाद पाण्डेयले दिएका थिए ।

बसन्तपुर दरवारवाट बिभिन्न झाँकीसहितको जुलुसले बजार परिक्रममा गर्दै राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगी कार्यक्रममा परिणत भएको थियो ।

जुलुसले बौद्ध र किराँत लगायत सबै नेपाली मौलिक धर्म संस्कृति संरक्षण गर्ने बैदिक सनातन हिन्दूराष्ट्र कायम गरौं, हाम्रो संस्कृति हाम्रो देश प्राणभन्दा प्यारोछ, जनतामारा संघीय प्रणाली खारेज गरौं, समपूर्ण देशभक्र नेपाली एक होऔं लगायतका नारा लेखिएका प्लेकार्ड तथा व्यानरहरू लिएर बजार परिक्रामा गरेको थियो ।

जुलुसले आतंककारी कर नीति खारेज गर, भ्रष्टाचारीलाई सामूहिक बहिस्कार गरौं, चौपाया मार्न पाइदैन गौमारा शासक चाहिँदैन, अकुत सम्पति आर्जन गर्नेलाई हदैसम्मको कारवाही गर जस्ता नाराहरू लेखिएका प्लेकार्ड तथा व्यानरहरू समेत लिएका थिए ।

Published : Monday, 2019 September 9, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया