आईआईएमसी नेपाल च्याप्टर गठन

काठमाडौं । पत्रकार अनिल गिरीको अध्यक्षतामा भारतीय जनसञ्चार संस्थान (आईआईएमसी)को नेपाल च्याप्टर गठन भएको छ ।

संस्थान ११ सदस्यीय रहेको छ । काठमाडौंमा शनिबार साँझ आयोजित कार्यक्रममा आईआईएमसी घोषणा गरिको हो । नेपाल च्याप्टरमा अधिकांश सदस्य आइआइएमसीमा पत्रकारिता अध्ययन गरेका सञ्चारकर्मी छन् ।

च्याप्टरले नेपाल भारत सम्बन्धमा सञ्चारमाध्यमको भूमिकाका विषयमा बहस, छलफल अध्ययन र अनुसन्धानको काम गर्ने सदस्य नवीन झाले बताएका छन् ।

आइआइएमसीमा अध्ययन गर्न जाने नेपाली सञ्चारकर्मीका लागि सहजीकरणको काम पनि नेपाल च्याप्टरले गर्नेछ ।

च्याप्टर घोषणा कार्यक्रममा भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल भारत सम्बन्ध जनस्तरमा रहेको बताए ।

उनले त्यसलाई दुबै देशका सञ्चारमाध्यमले अझै मजबुद बनाउन भूमिका खेल्नुपर्ने बताएका छन् ।

भारतीय जनसञ्चार संस्थानका महानिर्देशक कुलदीपसिंह धद्वालियाले दुई देशको सम्बन्ध र विकास पत्रकारितामा आइआइएमसीको नेपाल च्याप्टरले भूमिका खेल्ने बताएका छन् ।

हिन्दुस्तान टाइम्सकी नेसनल पोलिटिकल एडिटर सुनित्रा चौधरी, भारतको एनडीटिभीका वरिष्ठ कार्यकारी सम्पादक मनोरञ्जन भारती, एचटी डिजिटल मिडियाका वरिष्ठ पत्रकार प्रसाद सन्याल र देशसञ्चारका सम्पादक एवं वरिष्ठ पत्रकार युवराज घिमिरेसँग नेपाल च्याप्टर अध्यक्ष गिरीले सञ्चारको पछिल्लो ‘ट्रेण्ड’बारे समूहगत छलफल गरेका थिए ।

आइआइएमसीका महासचिव हर्षेन्द्रसिंह वर्धन, एल्मुनाई एशोसियशनका सचिव रितेश वर्मा, नेपालका वरिष्ठ पत्रकारहरू तथा सञ्चारकर्मीको सहभागिता थियो ।

Published : Monday, 2019 September 9, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया