कांग्रेसले गाईको ज्यान लिनेविरोधमा आन्दोलन गर्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले गाईकाे ज्यान लिने काक्रम नरोकिए हिन्दूराष्ट्रका बारेमा जनमत संग्रहका लागि आन्दोलन गर्ने धम्की दिएका छन् ।

आइतबारको संसद बैठकमा शून्य समयमा बोल्दै सांसद कँडेलले गाईकाे ज्यान लिने क्रम नरोकिए आन्दोलनमा होमिन हिन्दूहरू बाध्य हुने चेतावनी दिए ।

वर्तमान कम्युनिस्ट सरकार र संविधान परिवर्तनका लागि त्यस्तो आन्दोलन हुने उनले बताएका छन् ।

सुर्खेतको गाईकाे ज्यान लिने प्रकरण नसेलाउँदै नवलपरासीको बसेरी राजमार्गमा ६ वटा गाई यही १९ गते राति नियतवश ज्यान लिएको तर दाेषी कोही पक्राउ नपरेको उनले बताएका छन् ।

नेपाली कांग्रेसका कँडेल कांग्रेसभित्र हिन्दूराष्ट्रका पक्षमा वकालत गर्दै आएका नेता हुन् । उनले हिन्दू राष्ट्रको विरोध गर्नेहरूको आलोचना गर्दै आएका छन् ।

Published : Sunday, 2019 September 8, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया