कांग्रेसले युवा नेता महर्जनलाई सिन्धुपाल्चोक १ ‘क’मा खटायो

काठमाडौं । नेपाली कांग्रेसले युवा नेता एवम् ललितपुर क्षेत्र नम्बर १ ‘ख’का प्रदेशतर्फका उम्मेदवार मीनकृष्ण महर्जनलाई सिन्धुपाल्चोक जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।

भदौ २४ गतेदेखि शुरु हुन लागेको दोस्रो चरणको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’मा महर्जनलाई पार्टीले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ ‘क’मा केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको हो ।

नेपाली कांग्रेसका युवा नेता महर्जनलाई आइतबार दिइएको पत्रमा पार्टीको संगठन सुदृढीकरणका लागि निर्देशन दिइएको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका महर्जन राष्ट्रय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष पनि हुन् ।

खेलकुदको क्षेत्र विशेष गरेर महर्जनले करातेमा ठूलो योगदान दिएका छन् ।

ललितपुर कांग्रेसमा युवाहरूका बीच लोकप्रिय छवि बनाएका महर्जन प्रदेश सभाको निर्वाचनका बेला झिनो मतअन्तरले पराजित भएका थिए ।

Published : Sunday, 2019 September 8, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया