दशैँको टीकाको साइत जुर्‍यो

काठमाडौं । नेपाल पञ्चाङग निर्णायक समितिले यसपाली दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ ।

समितिका अध्यक्ष प्राध्यापक डा.रामचन्द्र गौतमले असोज १२ गते आइतबारका दिन बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको बताए ।

उनले दशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएका छन् ।

मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको छ ।

असोज १३ सोमबार नेपाली सेनाको झण्डा फेर्ने साइत बिहान १० बजेर २५ मिनेटमा रहेको छ ।

असोज १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुनेछ ।

टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

Published : Sunday, 2019 September 8, 10:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया