रिसालद्वारा एनआरएनए जापानकाे सचिवमा उम्मेदवार

काठमाडौं । गैर आवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय समितिको नवौँ महाधिवेशनको मिति तय भइसकेको छ ।

विश्वका ८० मुलुकमा राष्ट्रिय समन्वय समिति चयनको चटारो छ । धेरै जसो देशमा कार्यसमिति गठन भइसकेको छ ।

अन्तर्राष्ट्रिय समन्वय समितिमा बलियो उपस्थिति जनाउने जापानमा भने यो हप्तासम्म टुंगोमा पुग्ने भएको छ ।

२०१९–०९–०६ मा अधिवेशन भएको गैर आवासीय नेपाली संघ जापानको चुनाव भने ८ तारिखमा हुँदै छ ।

जापानको एनआरएनएमा ५ जनाले अध्यक्षमा उमेदवारी दिएका छन् । महासचिवमा दुई जनाको उमेदवारी परेको छ । उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरूमा निर्विरोध भइसकेको छ ।

जापानमा आफ्नो बलियो समाजिक परिचय बनाएका महेश्वर रिसाल भने सचिव पदमा उमेदवारी दिएका छन् । रिसालले सचिवबाट केन्द्रीय कार्यसमितिमा प्रवेश गरेर एनआरएनए जापानलाई लोकप्रिय बनाउने दाबी गरेका छन् ।

उनले आफ्नो उदेश्य पनि जापान एनआरएनएलाई कसरी लोकप्रिय बनाउने भन्ने रहेको बताएका छन् ।

रिसालले जापानी समुदाय र नेपाली समुदायबीचको सम्बन्ध सुमधुर बनाउन पुलको काम गरेका छन् । उनी नेपाली समुदायमा धेरै लोकप्रिय मानिन्छन् ।

अनुभव, क्षमता, वरिष्ठता, भिजन जस्ता विषयमा संस्थालाई अत्यावश्यक कुरामा ध्यान दिने उनले बताएका छन् ।

रिसालले आफू निर्वाचनमा जानुपरेकोमा चिन्ता जनाएका छन् । तर, उनले लोकतान्त्रिक प्रक्रिायलाई आफूले सहज रुपमा स्वीकार गरेको जनाएका छन् । उनले निर्वाचन प्रक्रियामा आफू विजयी हुने विश्वास लिएका छन् ।

‘मलाई जापानमा रहनुभएका नेपाली समुदायले मतदान गरेर विजयी गराउनु हुनेछ’, रिसालले भनेका छन्, ‘नेपाली समुदायलाई मैले गरेको यागदानको कदर हुनेछ ।’

Published : Friday, 2019 September 6, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया