सीता एयरको इन्जिन आकाशमै फेल भयो

काठमाडौं । सीता एयरको ड्रोनियर जहाज ठूलो दुर्घटनाबाट पाइलले बचाएका छन् ।

सीता एयरको एउटा इन्जिन आकाशमै फेल भएको थियो । इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल काठमाडौं अवतरण गराएका छन् ।

लुक्लाबाट आएको सीता एयरको नाइनएन एजेएच नेपाली दर्ता नम्बर भएको जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो ।

क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यले जानकारी दिएका छन् ।

जहाज बुधबार बिहान ८ः५१ बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो ।

कुनै पनि यात्रु नभएको उक्त जहाज र उडान दलका सदस्यमा कुनै पनि क्षति पुगेको छैन ।

Published : Wednesday, 2019 September 4, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया