दशैँका लागि अग्रिम टिकट बुकिङ खोलिने
काठमाडौं । यातायात व्यवस्था विभागले दशैँमा टिकट अग्रिम बुकिङका बारेमा छलफल गर्न यातायात व्यवसायीहरूलाई छलफलका लागि बोलाएको छ ।
विभागमा बुधबार छलफल हुनेछ । यातायात व्यवस्था विभागले भदौ २५ गतेबाट टिकट अग्रिम बुकिङका लागि प्रस्ताव तयार पारेको छ ।
यातायात व्यवसायीहरूले सहमति जनाए भदौ २५ गतेबाट टिकटका लागि बुकिङ खुल्नेछ ।
यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातको भाडादर बढाउनुपर्ने अडान राख्न सक्ने स्रोतले जनाएको छ । यातायात व्यवसायीहरूले वैज्ञानिक भाडा वृद्धिको माग गर्दै आएका छन् ।
०६९ सालपछि सार्वजकि यातायातमा वैज्ञानिक रुपमा भाडा समायोजन भएको छैन । यातायात व्यवसायीहरूले भाडा समायोजनको माग राख्दै आएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला यातायात व्यवसायीका मागहरू पूरा गर्नुपर्ने बताएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया