घोराहीमा थारु भाषा दुई वर्षपछि कार्यान्वयन

घोराही । थारुभाषालाई कामकाजी भाषा बनाउने दाङ जिल्लाकाे घोराही उपमहानगरपालिकाको निर्णय दुई वर्षपछि कार्यान्वयनमा आएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले थारु भाषाको प्रयोगको सन्दर्भमा सूचना मागेपछि घोराही उपमहानगरपालिकाले स्थानीय भाषामै सूचना दिएको यो पहिलो पटक हो ।

पोख्रेल घोराही उपमहानगरपालिका वडा नम्बर १८ का बासिन्दा हुन् । उनले स्थानीय हैसियतमा सूचना माग गरेका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष पोख्रेलले केही दिन पहिले थारु भाषामै निवेदन दिएर सूचना माग गरेपछि उपमहानगरपालिकाले थारु भाषामै सूचना दिएर कार्यान्वयनमा ल्याएको धेरैले अर्थ्याएका छन् ।

स्थानीयले यसलाई संघीय अभ्यासको अनुभुत भएको बताएका छन ।

दाङमा थारुभाषा बोल्नेको संख्या ४० प्रतिशत भए पनि यसअघि थारु भाषालाई कामकाजी भाषाका रुपमा लिन सकेको थिएन ।

सूचनाको हकसँगै अब थारुभाषा बोल्नेहरुले पनि अब उनीहरुकै मातृभाषामा बोलिचाली र लिखित निवेदन दिन सक्नेछन् ।

Published : Tuesday, 2019 August 27, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया