लामिछाने घाइतको आँशु पुच्छन् अस्पताल पुगे, अनि भक्कानिए

भरतपुर । सञ्चारकर्मी रवि लामिछानेले घाइतेहरूलाई भेट गरेका छन् । आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई लामिछानेले भरतपुरका अस्पतालहरूमा पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

मंगलबार बिहान भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुद्दा खेपिरहेका लामिछानेलाई जिल्ला अदालत चितवनले मंगलबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

लामिछानेसँगै तीन लाख धरौटीमा छुटेका युवकराज कँडेल पनि अस्पताल पुगेका थिए ।

लामिछाने निर्दाेष रहेको दाबीसहित जनप्रदर्शन चर्किदा केही समर्थक घाइते भएका थिए ।

उनीहरूको अहिले उपचार भइरहेको छ । लामिछानेले सोमबार भएको प्रदर्शनपछि पक्राउ परेकाहरूसँग पनि भेट गरेका छन् ।

लामिछानेले मंगबार घाइतेहरूलाई भेटेपछि दिउँसा नारायणी नदी किनारमा धन्यावाद दिन आयोजित सभालाई सम्बोधन गरेका थिए ।

सभामा हजारौँ सर्वसाधारणको उपस्थिति रहेको थियो । उनीहरूको गुन आफूले कहिल्यै पनि नभुल्ने लामिछानेले बताएका छन् ।

घाइतेहरूसँग भेटेपछि सञ्चारकर्मी लामिछाने भक्कानिएका थिए । उनले आफूलाई दिएको माया कहिल्यै पनि नभुल्ने बताएका थिए ।

Published : Tuesday, 2019 August 27, 4:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया