अमेरिकामा स्व. बजगाइँले न्याय पाए, अब्दुल्लाही जेलमा सड्ने

डिसी । अमेरिकाको भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन हत्या गरिएका नेपाली मूलका अमेरिकन नागरिक स्व.रेशम बजगाइँका अभियुक्तलाई भर्जिनियाको अदालतले ६० वर्ष कैद सजाय सुनाएको छ ।

सो अदालतले अमेरिकन नागरिक मोहम्मद ए. अब्दुल्लाही अभियुक्तलाई २५ हजार डलर जरिमाना पनि सुनाएको छ ।

फैसला भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले सुनाएको हो ।

जुरीले ६० वर्षको र २५ हजार डलरको सिफारिस गरेपछि न्यायाधीशले उक्त निर्णय सुनाएका हुन् ।

स्व.बजगाइँको पक्षका वकिलले अभियुक्तलाई जन्म कैद सिफारिस गरेका थिए । तर, अभियुक्तका वकिलले २० वर्षको सजायको प्रस्ताव गरेका थिए ।

सजाय समय तोक्ने विषयमा दुवै पक्षका वकिलहरूको बहस भएको थियो ।

जुरीले उनीहरूको दाबीलाई नकार्दै हदैसम्मको सजाय सुनाएका छन् । बजाइँको ज्यान लिने तीन व्यक्ति आगामी नोभेम्बर २२ मा जेल जानेछन् ।

भर्जिनियाको हरण्डन शहरस्थित सुनोको ईन्धन चौकीमा रेशम बजगाइँलाई आगो निभाउने उपकरणले हिर्काएर माथिल्लो भागमा ज्यादा चोट पटक लागेको कारण निधन भएको थियो ।

त्यसका साथै अन्य फलामे चिज तथा घाँटी न्याकेको समेत प्रमाण फेला परेको थियो ।

फैसला हुनुअघि घटनाको सम्पूर्ण प्रमाण अदालतको न्यायाधीशलाई देखाइएको थियो ।

यसको फैसला दुई चरणमा गरिएको थियो । पहिलो चरणमा हत्यालाई प्रथम श्रेणीको हत्याको किटानी गरियो ।

अमेरिकी कानूनमा प्रथम श्रेणीको ज्यान लिने प्रकरणको लागि कम्तिमा २० वर्ष र बढीमा जन्म कैद हुन्छ ।

दोश्रो चरणको सुनुवाईपछि ६० वर्षको कैद र २५ हजार डलरको जरिमाना सुनाईएको हो ।

प्रहरीले गत वर्ष नै हरण्डन शहर कै किनमेल बजारको कार पार्कबाट अभियुक्त मोहम्मद ए. अब्दुल्लाहीलाई पक्राउ गरेको थियो ।

उनलाई प्रथम श्रेणीको ज्यान लिएको आरोप लगाई ६० वर्षको कैद सुनाएको हो ।

नेपाली मूलका ४० वर्षीय स्व.रेशम बजगाइँलाई गत वर्ष बुधबारका दिन बिहान १ बजेर १५ मिनेटमा ज्यान लिएको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो ।

बजगाइँ सन् २०१७ को सेप्टेम्बर महिनामा अमेरिका आएका थिए । उनी सुनोको ग्यास स्टेसनमा हप्तामा एक पटक मात्र काम गर्ने गर्थे ।

अमेरिकाको डिसी महानगर क्षेत्रको हरण्डन आसपासमा बसोबास गर्ने बजगाइँ आफ्नी जीवन संगिनी तथा ६ वर्षीया छोरीसंग बस्दै आएका थिए ।

हरण्डनको किनमेल गर्ने बजारस्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना भएको थियो ।

Published : Tuesday, 2019 August 27, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया