शालिकराम प्रकरणमा बहस सकियो, छ बजे आदेश आउँदै

भरतपुर । शालिकराम पुडासैनी प्रकरणमा जिल्ला अदालत चितवनमा थुनछेकको बहस सक्किएको छ ।

अधिवक्ता कृष्ण पोखरेलका अनुसार थुनछेकको बसह सकिएको जानकारी दिए । रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि पठाउने वा धरौटीमा रिहाइ या साधारण तारेखमा पठाउने विषयमा जिल्ला न्यायाधीशले छ बजे आदेश दिने अधिवक्ता पोखरेलले बताए ।

शालिकराम पुडासैनी प्रकरणमा जिल्ला अदालत चितवनमा २५–३० जनाले अधिवक्ताले बहस गरेका थिए ।

रवि लामिछाने कानून व्यवसायी अधिवक्ता पोखरेलले तीन जनालाई साधारण तारेखमा छाड्न आफूहरूले माग गरेको जानकारी दिए ।

यसअघि,

सञ्चारकर्मी रवि लामिछानेका समर्थकले चितवन जिल्लाको भरतपुरमा सोमबार भव्य प्रदर्शन गरेका छन् ।

निषेधाज्ञाको बेवास्ता गर्दै सडकमा उत्रिएका रवि लामिछानेका समर्थकहरूले सडकहरूमा टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रहरी र रवि लामिछानेका समर्थकबीच ठाउँठाउँमा झडप भएको चितवनबाट पत्रकार राजेन्द्र आचार्यले जानकारी दिएका छन् ।

रवि लामिछानेको रिहाइ माग गर्दै सडकमा उत्रिएका सयौँ समर्थकहरूले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समेत उल्लेघन गरेका छन् ।

प्रदर्शनकारीहरूले भरतपुरको मुख्य राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले आगो निभाउन हम्मे हम्मे परेको छ । प्रदर्शनकारीहरूले चितवन मेडिकल कलेज अगाडि, भरतपुर एयरपोर्ट अगाडि लगायतका क्षेत्रमा टायर बालेका थिए ।

चितवन प्रहरीले रवि लामिछानेका ११ जना समर्थकलाई पक्राउ गरेको छ ।

यता, काठमाडौंमा पनि रवि लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलमा जम्मा भएका सयौँ समर्थकले रवि लामिछानेको रिहाइको माग गरेका हुन् । उनीहरूले घटनाको निस्पष्ट अनुसन्धान र निर्दोषलाई फसाउन नपाइने भन्दै प्रदर्शन गरेका हुन् ।

काठमाडौंमा परेको ठूलो झरीको समेत प्रवाह नगरी रवि लामिछानेका समर्थकहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

Published : Monday, 2019 August 26, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया