ओली–दाहाल हिटलर र मुसोलिनी बन्दैछन्ः दीपक गिरी

लमही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले देश र जनताको लागि नेपाली कांग्रेस जीवन्त पार्टी भएको बताएका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले आइतबार गढुवा गाउँपालिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय गिरीले मुलुकमा संकटमा फस्दै गएको बताए ।

उनले जर्जर अवस्थामा देश र जनताको स्वाभीमान तथा स्वाधीनताको लागि नेपाली कांग्रेस संधै जीवन्त रुपमा लागिरहेन बताए ।

‘इतिहास पल्टाएर हेर्नुस् नेपाली कांग्रेसका हामी नेता, कार्यकर्ताहरू भौतिक रूपमा मरौँला तर देश र जनताको स्वाधीनता र समृद्धिको सवालमा नेपाली कांग्रेस पार्टी जीवन्त रहिरहन्छ’, नेता गिरीले भने ।

दुईतिहाइको कम्युनिस्ट सरकारले नेपाली जनतालाई अधिनायकवाद लाद्न खोजेको उनले आरोप लगाए ।

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओली नेपाली परिवेशमा हिटलर र मुसोलिनी जस्तै क्रुर बन्न खोजेकोले समयले उनीहरूलाई किनारा लगाउनेछ’, केन्द्रीय सदस्य गिरीले भने ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको प्रमुख आथित्यमा र दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेको अध्यक्ष्यतामा गरिएको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्यहरू डा.मीनेन्द्र रिजाल, रामकृष्ण यादव, पार्वती डीसी चौधरी, योगेन्द्र चौधरी लगायत जिल्ला तथा क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थिए ।

Published : Monday, 2019 August 26, 8:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया