कांग्रेस नेता बडू जिल्लाबासीसँग अङ्गालो हालेर डेउडा खेले

प्रकाशचन्द्र भट्ट

दार्चुला । सुदूरपश्चिमेलीहरूको महान चाड गौरा पर्वमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभाका सांसद दिलेन्द्रप्रसाद बडूले जनतासंगै अङ्गालो हालेर डेउडा खेलेका छन् ।

मंगलबार गृह जिल्ला दार्चुला आएका सांसद बडूले शुक्रबार महाकाली नगरपालिकाको वडा नम्वर ७ धापमा हरेक वर्ष धुमधामका साथ हुँदै आएको गौरामा जनताका साथ डेउडा खेलेर यस पटक पनि गौरा मनाएका हुन् ।

सुदूरपश्चिमको मौलिक पर्व गौराको प्रभाव देशभर बढ्दै गएका बेला सांसद बडूसंगै महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टपनि डेउडा खेलेका छन् ।

नेपाली कांग्रसका नेता एव सांसद बडूले सुदूरपश्चिम संस्कृतिमा धनी रहेको भन्दै एक अर्काको पाखुरा समातेर पैतली मिलाउदै डेउडा खेलेका थिए ।

सामाजिक सद्धभाव कायम राख्न र आपसी भाईचारा, मेलमिलापको वातावरण श्रृजना गर्ने हाम्रा गौरा लगायत अन्य विभिन्न चाडपर्वहरू सुदुरपश्चिममा धुमधामका साथ मनाइन्छ ।

गौरामा डेउडा खेल्दै सांसद बडूले गौरा पर्वको सबैमा शुभकामना व्यक्त गरेका छन् ।

सुदूरपश्चिमको पहिचान बोकेको भाषा संस्कृतिको जगेर्ना गर्न सांसद बडूले जनतासंग अङ्गालो हालेर पैतली मिलाउदै डेउडा खेलेका थिए ।

सुदूरपश्चिमलगायत राजधानीका साथसाथै विदेशमा समेत मनाइने यो पर्वमा आफ्ना इष्ट–मित्र र नाता–कुटुम्बमा मात्र सिमित नरही सम्पूर्ण जनसमुदायको व्यापक सहभागितामा मनाइने भएकाले सामूहिक एकताको भावना यस पर्वको मुख्य विशेषता हो ।

एक सातासम्म मनाइने यो पर्वलाई काम पछिको विश्राम र आफन्तजनसँगको भेटघाटको अवसरका रुपमा पनि लिने गरिन्छ ।

Published : Sunday, 2019 August 25, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया