कांग्रेसका प्रभावशाली नेता रमेश लेखकका बुबाको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकका बुबा डा.प्रयागदत्त लेखकको निधन भएको छ ।

लेखकका बुबाको शुक्रबार साँझ काठमाडौंको थापाथलीस्थित एक निजी अस्पतालमा निधन भएको व्यवसायी एवम् नेपाली कांग्रेसका युवा नेता प्रज्ञान न्यौपानेले जानकारी दिए ।

उनको बुबाको ८९ वर्षको उमेरमा निधन भएको छ ।

रमेश लेखकका बुबाको निधन भएपछि नेपाली कांग्रेसका नेताहरूले दुःख व्यक्त गरेका छन् ।

Published : Friday, 2019 August 23, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया