नेमकिपालाई हर्कत सुधार्न भक्तपुर कांग्रेसकाे चेतावनी

भक्तपुर । क्यान्सर अस्पतालमा राजनीतिक हस्तक्षेप भएको भन्दै नेपाली कांगे्रस भक्तपुरले नेपाल मजदुर किसान पार्टीलाई त्यस्ता हर्कत नगर्न चेतावनी दिएको छ ।

पार्टी सभापति दुर्लभ थापाले विहीबार पत्रकार सम्मेलन गरेर भक्तपुर क्यान्सर अस्पतालमा भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेको भन्दै आक्रोश जनाए । सभापति थापाले नेमकिपाले अनावश्यक हस्तक्षेप गरेको भन्दै सो कार्य रोक्न चेतावनी दिए ।

पत्रकार सम्मेलनमा नेमकिपाप्रति सभापति थापा किनै आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।

कांग्रेसका सभापति थापाले भक्तपुरमा अब ह्याजु काण्ड नभएर नारायणमान काण्ड हुने चेतावनी दिएका छन् ।

०४५ सालमा भक्तपुरमा घटेको ह्याजु काण्डलाई स्मरण गर्न सभापति थापाले नेमकिपालाई चेतावनी दिएका छन् ।

‘अब यहाँ ह्याजु काण्ड होइन, नारायमाण बिजुक्छे, सुनिल प्रजापति र प्रेम सुवाल काण्ड हुन्छ’, उनले भनेका छन् ।

अस्पताल व्यवस्थापन समितिले कुनै गल्ती गरको भए राज्यका जिम्मेवार निकायले छानविन गर्नुपर्ने भन्दै नेपाली कांग्रेस भक्तपुरका सभापति थापाले भने, ‘नेपाल मजदूर किसान पार्टीले अनावश्यक हस्तक्षेप गरेको छ । यो कार्य तत्काल रोकिनुपर्छ ।’

ख्वप कलेज, उच्च मावि र नगरपालिकाले उपभोक्ता समितिको नाममा गरेको भ्रष्टाचार नदेख्ने भन्दै थापाले प्रश्न गर्दै भने, ‘के म गएर भक्तपुर नगरपालिकाको कुर्सीमा बसु ?’

एउटा संस्थाले चलाएको अस्पतालमा आफ्नो क्षेत्र बाहिर गएर हस्तक्षेप गरेको भन्दै थापाले उक्तकार्य तुरुन्त बन्द गर्न समेत आग्रह गरेका छन् ।

Published : Thursday, 2019 August 22, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया