कांग्रेस निकटका दाङका शिक्षकका माग पूरा

घोराही । विद्यालय र शिक्षकसँग सरोकार राख्ने कार्य सम्पादन गर्दा नेपाल शिक्षक महासंघको लिखित सहमतिमा मात्रै काम गर्ने सहमतिसहित दाङमा कार्यरत शिक्षकका पेशागत संघ, संगठन, शिक्षा विकास तथा समन्वय इकाईबीचको वार्ता बुधवार बेलुकी सम्पन्न भएको छ ।

स्थानीय तहले आस्थाका आधारमा नेपाल शिक्षक संघमा आवद्ध शिक्षहरूमाथि बिभेद गरेको भन्दै शिक्षक संघले आन्दोलन थालेको थियो ।

नेपाल शिक्षक संघ दाङले आफ्ना माग पूरा गराउनका लागि २४ घण्टे अल्टिमेटम दिएपछि शिक्षा विकास तथा समन्ववय ईकाइले संघसहित जिल्लामा रहेका सबै संगठनहरूलाई वार्तामा बोलाएको थियो ।

मंगलवार र बुधवार गरी दुई पटक भएको वार्तामा नीनि, नियम, बिधि पद्धतिअनुसार शिक्षा विकास तथा समन्वय ईकाइमा दर्ता भएका सरुवाका फाइलहरू कार्यान्वयन गर्ने लगायतका विषयमा सहमति भएको वार्तामा सहभागी नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतले जानकारी दिए ।

वार्तामा समन्वय ईकाइले काार्यलका सूचना सहज रुपमा गराउने, शिक्षक सरुवालाई ब्यवस्थित गराउनका लागि महासंघले कार्यबिधि बनाई भदौ मसान्तसम्म समन्वय ईकाइसँगको छलफलपछि शिक्षा समितिबाट पारित गराई कायान्वय गर्ने, प्राािव र निमाविको शिक्षक सेवा आयो उत्तीर्ण गरी सिफारिस भइ आएका शिक्षकहरूको पदस्थापना नहुँदासम्म बाहिर जिल्लाको सरुवा नगर्ने, प्रकृया पूरा गरी आएका राहतका शिक्षकहरूलाई शिक्षा समितिबाट निर्णय गरी सरुवा गर्ने, शिक्षकको सरुवा नगर्ने तर आवश्यक भएमा महासंघसँग समन्वय गरी गर्न सक्ने लगायतका निर्णय गरेको छ ।

वार्तामा शिक्षकका पेशागत ८ घटकका अध्यक्षहरू, शिक्षक महासंघका अध्यक्ष अमरबहादुर खड्का र सचिव भागवत पौडेल, शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख रामलाल खड्का, शाखा अधिकृत देवमणि चौधरी र डिल्ली श्रेष्ठको सहभागिता रहेको थियो ।

पहिले जस्तै नीति नियम विधि प्रकृयाबाट आएका शिक्षकहरूका फाइलमा स्थानीय तहले आस्थाका आधारमा बिभेद गरी ठाडो हस्तक्षेप गरेमा त्यस्ता क्रियाकलापको बिरुद्ध शिक्षकहरूको न्यायका लागि नेपाल शिक्षक संघ दाङले जति बेला पनि आन्दोलन गर्ने संघका जिल्ला अध्यक्ष युवराज बस्नेतले बताए ।

Published : Wednesday, 2019 August 21, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया