ओली पुनः सिंगापुर जाने, औषधिको रियाक्सनको परीक्षण गरिने

काठमाडौं । अस्वस्थ्य रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली उपचारका लागि पुनः सिंगापुर जाने भएका छन् । ओली बिहीबार साँझ फलोअपका लागि सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुरको अस्पतालमा उपचार गएर साउन २७ गते स्वदेश फर्किएका थिए । ओली फलोअपका सिंगापुर जान लागेको निजी सचिवालयले जनाएको छ ।

उपचारमा प्रधानमन्त्री ओलीलाई केही नयाँ औषधि चलाइएको थियो छ । त्यसको प्रभाव कस्तो छ भनेर जानुपर्ने थियो ।

प्रधानमन्त्रीको यसपालीको बसाइँ कति लामो हुन्छ भन्ने एकिन भने भइसकेको छैन ।

सिंगापुरको नेशलन युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका प्रधानमन्त्री ओलीलाई अस्पतालले यसअघि नै केही समय बसेर औषधिको प्रभाव हेर्न आग्रह गरेको थियो ।

Published : Tuesday, 2019 August 20, 8:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया