रवि लामिछानेका १३ जना समर्थकहरू पक्राउ

भरतपुर । शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा अराजक प्रदर्शन गर्ने १३ जना प्रदर्शनकारीलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

भरतपुरमा जारी प्रदर्शनका क्रममा प्रहरीमाथि अपशव्द प्रयोग गर्ने, हुलहुज्जत गर्ने उनीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार र सोमबार विभिन्न स्थानबाट लामिछानेका समर्थकलाई पक्राउ गरिएको छ ।

सोमबार ८ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

५ जना भने आइतबार पक्राउ परेका हुन । अन्य दिनको तुलनामा सोमबार प्रदर्शनकारी कम देखिएको प्रत्यक्षदर्शीले बताए ।

चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनीले साउन २० गते ज्यान दिएका थिए ।

पुडासैनीको भिडियोका आधारमा सञ्चारकर्मी लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेर छानविन चलाएको थियो ।

Published : Monday, 2019 August 19, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया