कांग्रेसको सहायोगलाई अरिँगालहरूले गलत ब्याख्या नगरेकै राम्राे

झण्डै २० दिन संसदको बैठक अबरुद्ध भयो । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले कार्यगत एकता गरेर संसद अबरुद्ध बनाए ।

संसद अबरुद्ध हुँदा सरकार दवावमा प¥यो । सर्लाही घटनाको छानविन गर्न संसदीय समितिको माग गरेर नेपाली कांग्रेस र राजपाले सदन अबरुद्ध बनाएका थिए ।

उनीहरूको दवावमा सरकार परेपनि माग पूरा गर्न चासो देखाएन । संसदीय पद्धतिमा विश्वास गरे पनि कम्युनिस्टहरू सकेसम्म यो पद्धतिलाई नै बद्नाम गराउने पक्षमा रहेका हुन्छन् ।

कहिल्यै पनि कम्युनिस्टहरूले संसदीय पद्धति बलियो भएको हेर्न चाहँदैनन् । संसदको जननी मान्ने नेपाली कांग्रेसले संसदीय पद्धतिको संरक्षण गर्नका लागि पनि आफूलाई लचकताका साथ अगाडि बढायो ।

२० दिनभन्दा धेरै समय सदन अबरुद्ध हुँदा ध्यान नदिने दुईतिहाइको सरकारको भित्री कुरा बुझेरै नेपाली कांग्रेसले आफूलाई लचक बनाएर सदन खोल्न तयार बनायो ।

सदन खोल्न संसदमा अबका दिनमा बैठक अबरुद्ध हुने खालका कुनै पनि कार्य नहोस् भनेर सुझाव दिन समिति बनाइयो । यो समितिको उदेश्य जे छ त्यही नै हो नेपाली कांग्रेसले खोजेको छ । तर, सत्तारुढ नेकपाका सांसदहरूले आफूलाई महाभारतको युद्ध जितेको जस्तो गरेर प्रस्तुत गरेका छन् ।

उनीहरूले कांग्रेसको हार भएको जस्तै गरेर प्रचार गरेका छन् । नेकपाका सांसदहरूले के कुरा बुझेका छैनन् भने सरकारले गल्ती नगरोस् र गल्ती गर्‍यो भने संसद अबरुद्धको अवस्था नओस् भनेर नेपाली कांग्रेसले सर्त राखेको बुझेनन् ।

हुन पनि उनीहरूले संसदीय पद्धति र प्रक्रियालाई सजिलै बुझ्दैनन् । त्यो कुरा नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले मंगलबारको संसद बैठकमा ब्याख्या गरेर जानकारी गराइदिनु प¥यो ।

नेपाली कांग्रेस संसदमा सानो आकारमा रहेपनि दुईतिहाइ बहुमतको दम्भमा रहेको सरकारलाई रचनात्मक सहयोग गरिरहेको छ ।

सत्तापक्षले कांग्रेसबाट भएको सहयोगलाई गलत रुपमा अर्थ लगाउँदा झन् समस्यामा पर्ने पक्का छ । त्यसैले दुईतिहाइको दम्भ छाडेर कांग्रेससँग सहकार्य गरेर कांग्रेसले देखाएको मार्गमा अगाडि बढ्दा नै सरकारलाई सहयोग नै मिल्छ ।

Published : Thursday, 2019 August 8, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया