संसदमा घम्साघम्सी, महराले पावर देखाउन खोज्दा कांग्रेसले पनि दियो जवाफ

काठमाडौं । सर्लाही काण्डका बारेमा माग पूरा नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संसदमा अबरोध गरेका छन् ।

बुधबार संसदको बैठक शुरु हुनेवित्तिकै आ–आफ्नो सिटबाट उभिएर विरोध जनाएका नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूलाई सभामुख कृष्णबहादुर महराले जबरजस्ती बैठक अगाडि बढाउन खोजेका थिए ।

महराले नेपाली कांग्रेस र राजपा नेपालको विरोध हुँदा हुँदै शून्य समय शुरू गर्न खोजेका थिए ।

सभामुख महराले बैठक चलाउन खोजेपछि नारावाजी गर्दै नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरू रोष्टम अगाडि आएका थिए ।

सर्लाहीमा भएको घटनालाई लिएर नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले निरन्तर सदन अवरुद्ध गर्दै आएका छन् ।

संसदीय समिति गठन गरेर सर्लाही घटना छानविन गर्न दुईतिहाइको कम्युनिस्ट सरकार डराइरहेको आरोप नेपाली कांग्रेसले लगाउँदै आएको छ ।

सरकारको दवावमा सभामुख महराले संसदीय छानविन समिति गठन गर्न नमानेको आरोप कांग्रेसको छ ।

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले संसदीय सर्वोच्चता कायम गर, मानवअधिकार हनन् अन्त्य गर, निर्मला पन्तका दोषीलाई कारबाही गर जस्ता नारावाजी गर्दै रोष्टम घेराउ गरेका थिए । नारावाजीको आवाजलाई सभामुख महराले बन्द गरिदिएका छन् ।

सभामुख महराको कार्यशैलीबाट आजित बनेका नेपाली कांग्रेस र राजपा नेपालले महराविरुद्ध समेत नारावाजी गरेका छन् । महरालाई आफ्नो मर्यादामा बस्न आग्रह गर्दै निस्पक्ष सभामुख बन्न सुझाव दिइएको छ ।

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले नारावाजी गरिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले टेबुल ठोकेर विरोध जनाएका थिए । केही सांसदहरूले सदन अबरोध गरेको भन्दै नेपाली कांग्रेस र राजपा नेपालको विरोध गरेका थिए ।

नेकपाकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेस र राजपा नेपालको विरोध गरिन् । उनले आफ्नो सिटमा उभिएर प्रतिपक्ष दलहरूलाई संसदीय मर्यादाको पाठ सिकाउँदै थिइन् । तर, उनले माइकमा बोल्न पाइनन् ।

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले महराले आफूविरुद्ध नारावाजी गरेपछि रिसाएका थिए । उनले महराले सभामुखविरुद्ध अभिव्यक्ति नदिन चेतावनी दिएका थिए ।

महराले अदालतमा विचाराधीन विषयमा पनि नबोल्न निर्देशन दिएका थिए ।

सभामुख महरालाई संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव गोपालनाथ योगीले नेपाली कांग्रेस र राजपा नेपालको अबरोधका क्रममा भएका घटनाको रिपोर्टिङ गर्दै बेलाबेला निर्देशन दिन सुझाव दिएका थिए ।

यसैबीच, सभामुख महराले नेपाली कांग्रेस र राजपा नेपालकाे अबराेधपछि संसदकाे बैठक साउन १६ गते विहीबार २ बजेसम्मका लागि स्थगित गरेका छन् ।

Published : Wednesday, 2019 July 31, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया