ओली सरकारको आयु घट्दै

भारतले नेपाललाई आफ्नो कब्जाबाट बाहिर नदिने संकेत देखाएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले काठमाडौंको गुपचुप भ्रमण गरेर भारत नेपालप्रति कति सम्वेदनशील छ भन्ने संकेत दिएको छ ।

पशुपति नाथको मन्दिर दर्शन गर्ने बहानामा आएका गोयलले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई गुपचुप रुपमा बालुवाटारभित्र भेटे । गोयलसँगको भेटलाई ओलीले लुकाउन चाहे ।

बालुवाटारमा शनिबार राति साढे नौ बजेदेखि झण्डै चार घण्टा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध र चीनको बढ्दो प्रभावका बारेमा कुराकानी भएको थियो ।

त्यति मात्रै होइन गोयलले नेपालमा भारत विरोधी गतिविधि भएकोमा पनि ओलीसँग चिन्ता जनाएका थिए । ओलीले क्रमशः भारतको विरोध नेपालमा कम हुँदै जाने आश्वासन दिए ।

गोयलले पाकिस्तानी गतिविधि पनि नेपालमा नियन्त्रण गर्न माग गरेका छन् ।

बालुवाटारभित्र के–के कुरा भयो आधिकारिक रुपमा केही भनिएको छैन । ओलीलाई राति भेटेका ‘रअ’का प्रमुख गोयलले आइतबार बिहान खुमलटारमा पुगेर नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाललाई भेटे ।

उनीहरूको भेट पनि झण्डै साढे दुई घण्टा चल्यो । त्यो भेटका बारेमा पनि औपचारिक रुपमा केही भनिएको छैन । दाहालको सचिवालयले पनि केही भनेको छैन ।

भारतीय गुप्तचर संस्थाका प्रमुख व्यक्ति नेपाल आएर आफ्नो उदेश्यअनुसारका कार्य गर्नुलाई धेरैले रहस्यका साथ हेरेका छन् । भारतले दाहाललाई धम्कीका रुपमा चेतावनी दिएर गएको समेत चर्चा हुन थालेको छ ।

भारतले आगामी दिनमा नेपालको राजनीतिलाई नजिकबाट मात्रै होइन भित्रभित्रसम्मै पुगेर आफू अनुकूलको सरबार बनाउन भूमिका खेल्नेछ ।

राजनीतिक विश्लेषकहरूले ओली सरकार असोज, कात्तिकसम्म मात्रै रहने चर्चा गर्न थालिसकेका छन् । तर, यो सरकार कति चल्छ ओली स्वयंलाई पनि थाहा नहुन सक्छ ।

नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले पूर्वसहमति कार्यान्वयनको कुरा गरेर ओलीलाई सत्ता छाड्न वा अध्यक्ष बनाउने दवाव दिँदै आएका छन् ।

यो कुरालाई विश्लेषण गर्ने हो भने ओली सरकारका लागि असोज, कात्तिकसम्मका दिनहरू कठिन हुन थालेका छन् । नेपाली कांग्रेससँगभन्दा पनि ओली सरकारलाई दाहालबाटै खतरा र चुनौती देखिएको छ ।

दाहालको हरेक दिन आउने फरक फरक अभिव्यक्ति र उनी निकटका नेताहरूको भनाइले पनि ओलीका लागि भावी दिनहरू कठिनाइबाट गुज्रिनेछ ।

यस्तो अवस्थामा ओलीले छिमेकी राष्ट्र भारतलाई खुसी बनाउनै पर्छ । ‘रअ’का प्रमुख गोयलको काठमाडौं भ्रमणले पनि विभिन्न आशंकाहरू उब्जाइदिएका छन् ।

नेपाली कांग्रेससँग यो सरकार फाल्न सक्ने अहिले कुनैपनि ताकत छैन । ताक भनेको नेकपाभित्रै छ । त्यो ताकलाई ओलीले भारतबाट सञ्चालन गर्न दिनु हुँदैन । थाहा हुना साथ रोक्नुपर्छ ।

Published : Sunday, 2019 July 28, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया