विषादी काण्डमा प्रचण्डको खेल, ‘रअ’ र ‘छौंडा’ हिट

काठमाडौं । भारतबाट आउने विषादीयुक्त फलफूल र तरकारी काण्डमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति गर्न खोेजेको चर्चा छ ।

‘प्रचण्ड’ले नै भारतीय राजदूतावासलाई पत्र लेख्न लगाई वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवमार्फत विषादी जाँचको निर्णय फिर्ता गराउन भूमिका खेलेका हुन् ।

विषादी काण्ड बाहिर आउनेवित्तिकै नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । खुमलटारको गोप्य भेटवार्तामा राजदूत पूरीको आग्रहपछि प्रचण्डले मातृका यादवलाई सिधै फोन गरेर हप्काएको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष खड्गप्रसाद ओली र ‘प्रचण्ड’बीचको आन्तरिक द्वन्द्व तरकारी र फलफूल विषादी प्रकरणमार्फत् क्लाईमेक्समा पुगेको चर्चा छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले भारतीय राजदूतावासबाट आएको पत्र कसले सार्वजनिक गरेको हो भनेर कृषिमन्त्री चक्रपाणि खनाल र आपूर्तिमन्त्री मात्रिका यादवको सातो लिएका थिए ।

सोही पत्र र विषादीयुक्त तरकारी तथा फलफूलका विषयमा मन्त्रिपरिषद् बैठकमा मन्त्रीद्वय खनाल र यादवबीच तानवपूर्णस्थिति बनेको थियो ।

खनाल र यादवबीच भनाभन भएपछि मन्त्रिपरिषद् बैठक विनाकुनै निष्कर्ष सक्किएको थियो । बैठक पुनः मंलबार बसेको थियो ।

दुबै बैठकमा भारतीय राजदूतावासको पत्र कसले सार्वजनिक ग¥यो भन्ने विषयमा केन्द्रित रहेको थियो । हाइलेबलको पत्र मिडियामार्फत सार्वजनिक भएपछि मन्त्रीहरू तनावमा परेका थिए । मन्त्रीहरूभन्दा पनि प्रधानमन्त्री ओलीले भारतीय राजदूतावासको पद देखाएर विवादमा तान्ने प्रयास गरेको भन्दै आक्रोश बन्न पुगेको एक मन्त्रीले बताएका छन् ।

स्रोतका अनुसार भारतीय राजदूतावासबाट आएको पत्र लैनचौरस्थित ‘रअ’ले लिक गरेको थियो । नेकपाका हाइलेबलका नेताहरूको सल्लाहमा ‘रअ’ले आफू निकटका पत्रकार र मिडियामार्फत सो पत्र आउट गरेको प्रधानमन्त्री निकटका एक नेताले बताए । सोही पत्रका कारण ओली सरकारको बद्नाम गर्ने प्रयास गरेको भन्दै ती नेताले आक्रोश पोखे ।

भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणपछि मात्रै नेपाल प्रवेश गराउने सरकारी निर्णय तुहाउने खेलमा ‘प्रचण्ड’ लागेको बालुवाटारको बुझाई छ ।

प्रचण्डले विषादी प्रकरणमा खेलेको ठहर भएरै छौडा प्रकरण निस्केको हो । आफू निकट पूर्वमाओवादीका मन्त्रीलाई प्रयोग गरेर ‘प्रचण्ड’ले ओली नेतृत्वको सरकारलाई अलोकप्रिय बनाउन खोजेको प्रधानमन्त्रीनिकटका नेताहरूले बुझेका छन् ।

गत जेठ १० गते मन्त्रिपरिषदबाट निर्णय भई असार २ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार भारतबाट आयातित तरकारीलाई विषादी परीक्षणको प्रक्रियामा हालिएको हो । सीमामा सयौं तरकारीका ट्रक रोकिएपछि भारतमा यसबारे मिश्रित प्रतिक्रिया आएको थियो ।

केही भारतीय मिडियाले यसको प्रशंसा गरे भने राजनीतिक लविङबाट लोकसभामा समेत यसबारे कुरा उठाइएको थियो ।

काठमाडौंस्थित भारतीय दूतावासले चाहिँ विषादी परीक्षणका नाममा ट्रक रोकेकामा असन्तुष्टि प्रकट गरेको थियो । भारतीय राजदूत पुरीले यस विषयमा ‘प्रचण्ड’सँग भेटेरै गम्भीर आपत्ति प्रकट गरेपछि स्थितिले अर्कै मोड लिएको हो ।

राजदूतसँग भेटघाटपछि प्रचण्डले मन्त्री यादवलाई ठाडो निर्देशन दिएर त्यो निर्णय फिर्ताका लागि प्रक्रिया अघि बढाउन भनेका थिए । त्यसका लागि भारतीय दूतावासबाट आउने पत्रलाई आधार बनाउन ‘प्रचण्ड’ले मन्त्री यादवलाई सुझाव दिएका थिए ।

‘प्रचण्ड’ले भनेअनुसार नै मातृका यादवले भारतीय दूतावासबाट आफैले पत्र मगाएको चर्चा छ । त्यही पत्रमा टेकेर मन्त्रिपरिषदमा यादवले ठाडो प्रस्ताव लगेका थिए ।
सो प्रस्ताव पारित नै भएको थियो । त्यसपछि देशभरि विरोध भएको छ ।

यो खेललाई काउन्टर दिनकै लागि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले अमुर्त भाषामा कवितात्मक शैलीको टिवट् गरे । जसमा ‘छौंडा’ शब्द प्रयोग गरिएको थियो ।

ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालको ट्वीटमा भनिएको थियो, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन, कसैले छोडछन्, दुःख दिन्छन् । यी छौंडाहरु आफैं चलमलाएका हुन् कि कसैले छोडेको ?’

प्रधानमन्त्रीसँग प्रत्यक्ष तथा सबैभन्दा नजिक रहेर काम गर्ने रिमालले ‘छौंडा’ भन्नेसम्मको तिक्तता पोख्दा सरकारलाई विषादी परीक्षण प्रकरणको सेरोफेरोमा निकै ऐंठन भइरहेको थियो ।

पछिल्लो समय मन्त्रिपरिषदका निर्णयहरू बिहीवार अपरान्ह ४ बजे मात्रै बाहिरिन्थ्यो । त्योपनि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामार्फत मात्रै । विषादी प्रकरण २४ घण्टा नबित्दै सार्वजनिक भयो । त्यो पनि माओवादी निकट मानिने अनलाइनमार्फत् ।

माओवादी निकट अनलाईन पोर्टलहरूबाट बाहिरिंदा प्रायः सबैको शीर्षक एउटै थियो– प्रधानमन्त्रीको ठाडो आदेशमा विषादी आयातमा लगाइरहेको रोक खुला भयो । यसैको सिलसिलमा जोडिंदै सोमबार उद्योगमन्त्री मातृका यादवले पत्रकार सम्मेलन गरेको बालुवाटार स्रोत बताउँछ ।

यादवले भनेका थिए’, ‘सचिवहरूको विश्वासमा मैले विषादी परीक्षण गराएर मात्रै तरकारी आयात गर्ने प्रस्ताव आफैंले लगेको थिए । तर परीक्षण गर्ने क्षमता नै रहेनछ, त्यो थाहा पाए पछि फिर्ता लिने प्रस्ताव लानु परेको हो । यसको सम्पूर्ण दोषको जिम्मेवारी म लिन्छु ।’

Published : Thursday, 2019 July 11, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया