प्रचण्डका लागि ओली समक्ष आत्मसमर्पणकाे एक मात्रै बिकल्प

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र खटपटका गन्धहरू आइरहेका छन् । यो गन्धले नेकपाभित्र भूकम्प ल्याउने विश्लेषणहरू पनि भएका छन् । केपी ओली नेतृत्वको सरकारलाई लिएर नेकपाभित्र उबडखाबड भएको हो ।

ओली सरकारलाई चारैतिरबाट आक्रमण भइरहेका बेला दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले आशंकाहरू जन्माइदिएको छ । प्रचण्डले यो बेला किन उट्पट्याङ कुराहरू बाहिर ल्याएका छन् बुझ्न सकिएको छैन । प्रचण्ड सरकारलाई अस्थिर बनाएर नेतृत्व हत्याउन चाहन्छन् ।

प्रचण्डको यो कुरालाई ओलीले सजिलै बुझेका छन् । ओली पनि राजनीतिक खेलाडी हुन् । के गर्दा के हुन्छ भन्ने राम्रोसँग बुझेका ओलीले प्रचण्डले धम्काउँदैमा सत्ता र पार्टीको नेतृत्व छाड्दैनन् । ओलीलाई छक्काउनु भनेको प्रचण्डका लागि ठूलै युद्ध लड्नुपर्ने हुन्छ ।

पार्टीमा मिलेर जानुभन्दा अर्को बिकल्प प्रचण्डलाई छैन । ओली सरकारले मुलुकमा विकास र समृद्धिको नारा लगाएको छ । आफ्नै पार्टीको सरकारलाई प्रचण्डको असहयोगले ठूलो धक्का लाग्न सक्छ ।

अहिले नै ओलीलाई विस्थापित गर्ने क्षमता प्रचण्डले राख्दैनन् । अहिले सरकार ढाल्ने वा ढल्ने सम्भावना छैन । पार्टी नेतृत्व पनि पाउने सम्भावना प्रचण्डका लागि निकै कम छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेट गर्नुको अर्थ पनि छैन । ओलीले सबै जोडघटाउ गरेर सत्तामा बसेका छन् । अबको पाँच वर्ष आफूलाई कसैले चलाउन सक्दैन भन्ने बुझाइ ओलीलाई रहेको छ ।

प्रचण्ड पनि पूर्वसहमतिलाई देखाएर अबको एक वर्षपछि सरकारको नेतृत्व पाउँछुकी भनेर बसेका छन् । उनका लागि यो सम्भव छैन ।

Published : Thursday, 2019 July 4, 2:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया