कांग्रेसलाई काठमाडौंमा ठूलो जित, ओलीको दलका उम्मेदवारले आधा मत पनि पाएनन्

काठमाडौं । काठमाडौं जिल्ला अदालत नेपाल बार एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूले प्यानलले भारी मतसहित विजयी हासिल गरेको छ ।

शनिबार साँझ काठमाडौंमा सम्पन्न नेपाल बार एसोसिएसन काठमाडौं शाखाको मतगणनामा नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरू विजयी भएका हुन् ।

पूरै प्यानल भारी मतसहित विजयी भएपछि डेमोक्रेटिक लयर्स एसोसिएसनका पदाधिकारीहरूले शनिबार राति खुसीयाली बाँडेका छन् ।

दुईतिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय बनिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारहरू नराम्रोसँग पराजित भएका हुन् ।

काठमाडौं बारमा प्रधानमन्त्री खड्गप्रसाद ओलीको दल निकटको प्यानल नराम्रोसँग पराजित भएपछि नेकपालाई झट्का लागेको छ । नेकपाका उम्मेदवारहरूले नेपाली कांग्रेसका उम्मेदवारहरूको आधा मत पनि ल्याउन सकेनन् ।

काठमाडौं जिल्ला अदालत नेपाल बार एसिसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकटका जगदीश घिमिरे १००३ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा निकटका कानून व्यवसायी कुमारप्रसाद आचार्यले ११० मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेस निकटका सुवोदबाबु चिलुवाल विजयी भएका छन् । चिलुवालले ९९८ मत पाएका छन् । नेकपा निकटका उपाध्यक्ष लाकप्रिय सुनुवारले ११३ मत पाएका छन् ।

सचिवमा नेपाली कांग्रेस निकटका दमनबहादुर चन्द ९८ मतसहित विजयी भएका छन् । नेकपा निकटका चन्द्रबहादुर गोपाली ११८ मतसहित पराजित भएका छन् ।

कोषाध्यक्षमा नेपाली कांग्रेस निकटका विश्व आचार्य ९६६ मतसहित विजयी भएका छन् । नेकपा निकटका दुर्गाप्रसाद खनालले जम्मा १३६ मत पाएका छन् ।

सदस्यहरूमा पनि नेपाली कांग्रेस निकटका उम्मेदवारहरू विजयी भएका छन् ।

Published : Saturday, 2019 June 29, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया