मुलुकमा बेथिति ल्याउने कम्युनिस्ट बजेट

कमा, फुलिस्टम परिवर्तन पनि गर्न नपाइने बजेटमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले भाग लिएका छन् । बजेटका कमीकमजोरी पनि औल्याइदिएका छन् ।

तर, दुई तिहाइको कम्युनिस्ट सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसको कुरा सुन्ने पक्षमा छैन । दुई तिहाइ बहुमत रहेको वर्तमान बलियो सरकारले आफूले ल्याएको बजेटलाई जस्ताको त्यस्तै पारित गर्नेछ ।

संसदीय पद्धतीअनुसार सरकारले सदनमा पेश गरेको बजेटमा एउटा पनि शब्द परिवर्तन वा संशोधन भयो भने सरकार ढल्छ वा प्रधानमन्त्री आफैले राजीनामा दिनुपर्छ भन्ने मान्यता छ ।

मान्यता जे भएपनि प्रमुख विपक्षी दलले दिएका सुझावहरूलाई बजेटमा समावेश गरियो भने बजेट कार्यान्वयनमा सहज हुनेछ । होइन भने प्रमुख विपक्षी दल र संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूले कुनै न कुनै बहानामा बजेट कार्यान्वयनमा असहयोग गर्न सक्छन् ।

विकासका नाममा सत्तापक्षले जति नै ठूला कुरा गरेपनि अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा सदनमा पेश गरिएको बजेट कांग्रेसलाई पेल्ने खालको छ । यो कुरा कांग्रेसले पनि आफैले पनि स्वीकार गरेको छ ।

बजेटमाथि सदनमा भइरहेका छलफलहरूले पनि कांग्रेसलाई पेल्नकै लागि बजेट आएको जस्तो गरेर सत्ता पक्षका सांसदहरूले टिप्पणी गर्ने गरेका छन् । सत्तापक्षबाटै पेलानमा परेको ठहर गरेको नेपाली कांग्रेसले बजेटलाई स्वीकार गर्ने कुरा पनि आउँदैन । कांग्रेसले बजेटलाई साथ पनि दिँदैन ।

कांग्रेस मात्रै होइन । उपेन्द्र यादव नेतृत्वको सत्तारुढ समाजवादी पार्टी, नेपालका सांसदहरूले पनि बजेट जनता विरोधी रहेको टिप्पणी गरेका छन् । सरकारमै बसेको दलका सांसदहरूको बजेट विरोधी अभिव्यक्तिले बजेट कुन धरातलमा छ भन्ने कुरा स्पष्ट देखाएको छ ।

राजपा नेपाल, नेमकिपा, जनमोर्चा नेपालसहितका दलहरूले पनि बजेटलाई साथ दिएका छैनन् । यी साना दलहरूले बजेटले छोएका एउटा दुई वटा कार्यक्रमलाई बाहेक समग्र बजेटलाई उनीहरूले अस्वीकार नै गरेका छन् ।

सरकारले यसरी ल्याएको बजेटले आफै एक्लिएको छ । बजेट पारित हुँदासम्म बजेटलाई सुधार गर्न सकियो भने प्रधानमन्त्री खड्गप्रसाद ओलीले भने जस्तो मुलुकमा समृद्धि आउला । होइन भने यो अहिलेको बजेटले मुलुकमा समृद्धिभन्दा पनि बेथिति, बेरोजगारी, मूल्यवृद्धि, मुद्रास्फिती हुने पक्का छ ।

Published : Tuesday, 2019 June 18, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया