कांग्रेसद्वारा अन्तर्घातीहरूलाई कारबाही, पार्टीबाट निस्कासित (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई हराउन बागी उम्मेदवारी दिने अन्तर्घातीहरूलाई कारबाही गरेको छ ।

नेपाली कांग्रेसको अनुशासन समितिद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार ०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश सभा एवं संघीय संसदको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बनेका तथा प्रस्तावक र समर्थक एवम् अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारवाही भएको जनाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले गरेको निर्णय बमोजिम त्यस्ता बागी, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको छ ।

त्यस्ता बागी, उनीहरूका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लाहरूलाई तत्काल नामावली पठाईदिन समेत निर्देशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2019 June 18, 5:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया