विप्लवका पोलिटब्युरो सदस्यले पार्टी छाडे, नेकपामा प्रवेश

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना ठूला नेतालाई पार्टीमा भित्र्याएका छन् ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राईलाई प्रचण्डले आइतबार नेकपा प्रवेश गराएका हुन् । विप्लवले शुरू गरेको हिंसाको राजनीतिलाई अस्वीकार गरेर पार्टी परित्याग गरेर राई नेकपामा प्रवेश गरेका हुन् ।

पोलिटब्युरो सदस्य राईलाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले हिंसाले गन्तब्यमा नपुगिने बताए ।

उनले अरु व्यक्ति र पार्टीलाई पनि पूर्वाग्रह नराखी नेकपामा मिसिन आग्रह गरेका छन् । अहिलेको हिंसात्मक बाटो गलत रहेको उल्लेख गर्दै प्रचण्डले देशले एउटै ठूलो कम्युनिष्ट पार्टी खोजेको बताए ।

राई विप्लव नेकपामा सरकारसँग वार्ता गर्नुपर्छ भन्ने लाइनमा थिए । यही कारण उनलाई विप्लव समूहले हालै पार्टीबाट निलम्बित गरेको थियो ।

Published : Sunday, 2019 June 2, 12:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया