कम्युनिस्ट सरकारले राष्ट्रपति र भीभीआइपीहरूको तलव चोरबाटोबाट बढायो

काठमाडौं । कम्युनिस्ट सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ ।

कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपियाँ पुगेको छ ।

सांसदको तलब वृद्धिसँगै मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको तलब वृद्धि हुने अर्थ मन्त्रालयले जनाएको छ ।

संघीय सांसदको मासिक पारिश्रमिक हाल ५५ हजार २ सय ३० रुपियाँ छ ।

मुख्य सचिवको तलब ५४ हजार ५ सय ८८ छ । मुख्य सचिवको १८ प्रतिशत तलब वृद्धि हुँदा ६४ हजार ४ सय १४ पुगेको छ ।

संघीय सांसदको पारिश्रमिक पनि १८ प्रतिशतले वृद्धि हुँदा ६५ हजार १ सय ७२ पुग्नेछ । सांसदको तलब ९ हजार ९ सय ४१ रुपियाँले प्रतिमहिना वृद्धि हुनेछ ।

सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष र संसदीय समितिका सभापतिको तलब पनि १८ प्रतिशत बढेको छ ।

सांसददेखि भीभीआईपीको तलब एकैपटक बढ्दा राज्यकोषमा ठूलो असर पुगेको छ ।

संघीय सांसदको पारि श्रमिक वृद्धिसँगै प्रदेशसभाका सांसदको पनि तलब बढ्नेछ ।

सांसदको तलबवृद्धिसँगै मन्त्रीहरूको तलब पनि बढेको छ । मन्त्रीहरूको तलब हाल ६० हजार ९ सय ७० रुपियाँ छ ।

१८ प्रतिशत वृद्धिसँगै मन्त्रीको तलब ७१ हजार ९ सय ४५ पुग्नेछ । उपप्रधानमन्त्रीको हाल कायम ६५ हजार २ सय तलबमा १८ प्रतिशत वृद्धि भई ७६ हजार ९ सय ३६ पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको तलबमा १३ हजार ९ सय १० वृद्धि भएको छ । प्रधानमन्त्रीको तलब हाल ७७ हजार २ सय ८० छ ।

वृद्धिसँगै प्रधानमन्त्रीको तलब ९१ हजार १ सय ९० पुगेको छ । आगामी साउनदेखि राष्ट्रपति र उपराष्ट्रपतिको तलब पनि १८ प्रतिशतले बढेको छ ।

राष्ट्रपतिको हाल १ लाख ५० हजार ४ सय ५० रुपियाँ तलब छ । २७ हजार ८१ रुपियाँ वृद्धि हुँदा राष्ट्रिपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ पुग्नेछ ।

उपराष्ट्रपतिको १ लाख ८ हजार ३० रुपियाँ तलबमा १९ हजार ४ सय ४५ रुपियाँ वृद्धि हुँदा १ लाख २७ हजार ४ सय ७५ रुपियाँ पुग्नेछ ।

अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरेका थिए ।

Published : Friday, 2019 May 31, 7:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया