ओली सरकारविरुद्ध आन्दोलन गर्ने बेला आउँदै छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार संघीयताको पक्षमा नरहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा देउवाले बजेटमा संघीयता प्राथमिकतामा नपरेको बताए । ‘ओली सरकार संघीयताकै पक्षमा छैन’, उनले भने, ‘संघीयताको विरोधमा छ ।’

देउवाले संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको बताए ।

उनले खड्गप्रसाद ओली सरकार अधिनायकवादी भए अर्को आन्दोलन गर्नुपर्ने अवस्था आउने चेतावनी दिए । देउवाले आन्दाेलनका लागि तयार रहन कार्यकर्ताहरूलाइ निर्देशन समेत दिए ।

Published : Thursday, 2019 May 30, 6:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया