कांग्रेसलाई बलियो बनाउने समय पाएका छौँः राजु खनाल

दार्चुला । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले कांग्रेसको शक्ति गाउँका कार्यकर्ता समक्ष रहेको बताएका छन् ।

कांग्रेसको जागरण अभियान अन्तर्गत दार्चुला जिल्लामा आयोजित कार्यक्रमहरूलाई सम्बोधनका क्रममा युवा नेता खनालले कांग्रेसलाई गाउँबाटै मजबुद बनाएर अगाडि बढ्नु पर्ने बताए ।

‘नेपाली कांग्रेसको शक्ति गाउँका कार्यकर्तासँग छ । वीपीले पनि गाउँका कार्यकर्तालाई जहिले पनि महत्व दिनुभयो’, उनले भने, ‘कांग्रेसले जागरण अभियानअन्तर्गत फेरि गाउँसँग जोडिने काम हुन थालेको छ ।’

खनालले जागरण अभियानलाई कांग्रेसका नेता कार्यकर्ताहरूले भरपुर रुपमा प्रयोग गर्नुपर्ने बताए । ‘अहिले कांग्रेसको संगठन बनाउने राम्रो मौका हो’, उनले भने, ‘कांग्रेसको लोकप्रियता अहिले पनि घटेको छैन । तपाईहरूको उपस्थितिले पनि कांग्रेसप्रति जनताको माया छ भन्ने देखाएको छ ।’

दुई तिहाइ पाउँदा पनि कम्युनिस्टहरूले गतिलोसँग सरकार चलाउन नसकेको कांग्रेस नेता खनालले बताए । ‘हामी त सानो आकारमा छौँ । दुई तिहाइको बुहमत छ । तैपनि कम्युनिस्टहरूले काम गर्न सकेका छैनन्’, उनले भने, ‘अब कांग्रेसले सरकारका हरेक कामको खबरदारी गरिरहन्छ ।’

सरकारका गलत क्रियाकलापहरूको जागरण अभियानका क्रममा भण्डाफोर गरेका कांग्रेसका युवा नेता खनालले दार्चुलामा कांग्रेसमालाई कम्युनिस्टहरूले केही गर्न नसक्ने बताए ।

Published : Thursday, 2019 May 30, 9:26 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया