निर्मलाकी आमाले पाइन् १८ लाखको गतिलै सहयोग

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले सरकारले दिएको राहत रकम बुझेकी छिन् ।

सरकारले निर्मलाको परिवारलाई क्रमशः (स्थानीय ३, प्रदेश ५ र संघीय १० लाख) गरी कुल १८ लाख रुपियाँ राहत दिने घोषणा गरेको थियो ।

तीन सरकारले घोषणा गरेको राहत तीन चरणमा निर्मलाकी आमा दुर्गाले बुझेकी छिन् । उनले संघीय सरकारले दिएको १० लाख रुपियाँ फागुन महिनामा, सुदूरपश्चिम प्रदेश सरकारले दिएको पाँच लाख जेठ पहिलो सातामा र स्थानीय सरकार भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख वैशाख महिनामा बुझेकी छिन् ।

घटना भएको ११ महिनापछि उनले राहत स्वरुप पाएको सबै रकम बुझेकी छिन् ।

तीन सरकारबाट प्राप्त भएको रकम निर्मलाकी आमा दुर्गादेवीको खातामा जम्मा गरिएको छ ।

दुर्गादेवीले आफूले तीनै सरकारले घोषणा गरेको रकम बुझिसकेको बताएकी छिन् ।

निर्मलाको सम्झनामा भीमदत्त नगरपालिका २ को वडा समितिले निर्मला अध्ययनरत सरस्वती माध्यामिक विद्यालयमा बाल उद्यान पार्क निर्माण गरिरहेको छ ।

घटनाबारे नुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश र स्थानीय प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

साउन १० मा साथिको घरमा गृहकार्य गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मलाको ११ साउनमा बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

Published : Thursday, 2019 May 23, 10:25 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया