पाँचथर हत्या काण्डस्थल पुग्यो कांग्रेसको टोली, गम्भीर छानबिनको माग

काठमाडौं । नेपाली कांग्रेसले पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटनालाई गम्भीरतापूर्वक लिंदै घटनास्थलमा पार्टीका प्रतिनिधिहरू पठाएको छ ।

नेपाली कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर कांग्रेसले घटनामा परेका पीडितहरूलाई सहानुभूति दिन प्रतिनिधिहरू घटनास्थलमा पठाएको जानकारी दिए हो ।

केन्द्रीय सदस्य भीष्मराज आङ्दम्वे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बू बुधबार पार्टीको प्रतिनिधित्व गर्दै सो गाउँ र घटनास्थल पुगेको छन् ।

‘अत्यन्तै क्रुरतापूर्वक भएको आरुबोटेको हत्याकाण्डले शोक विह्वल बनेको सिंगो गाउँप्रति उहाँहरुले पार्टीका तर्फबाट समवेदना प्रकट गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस यो रहस्यमय घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकार समक्ष अपील गर्दै मृतक सबैको आत्माको चिर शान्तिको कामना गर्दछ ।’

00

जेठ ८, २०७६

प्रेस नोट

रहस्यमय हत्याकाण्डको गम्भीर छानबिन गरियोस् ।

पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा ९ जनाको सामुहिक हत्या भएको घटनालाई गम्भीरतापूर्वक लिंदै नेपाली कांग्रेसले आज घटनास्थलमा पार्टीका प्रतिनिधिहरु पठाएको छ । केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बू आज पार्टीको प्रतिनिधित्व गर्दै सो गाउँ र घटनास्थल पुग्नु भएको छ ।

अत्यन्तै क्रूरतापूर्वक भएको आरुबोटेको हत्याकाण्डले शोक विह्वल बनेको सिंगो गाउँप्रति उहाँहरुले पार्टीका तर्फबाट समवेदना प्रकट गर्नु भएको छ । नेपाली कांग्रेस यो रहस्यमय घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकार समक्ष अपिल गर्दै मृतक सबैको आत्माको चिर शान्तिको कामना गर्दछ ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Published : Wednesday, 2019 May 22, 6:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया