ओली–विप्लव वार्ता शुरू, भित्रभित्रै कुराकानी

काठमाडौं । कम्युनिस्ट सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग अनौपचारिक कुराकानी अघि बढाएको छ ।

यसअघि विभिन्न राजनीतिक समूहसँग वार्ता गर्न गठित सोमप्रसाद पाण्डे नेतृत्वको समितिले नै चन्द नेतृत्वको पार्टीसँग अनौपचारिक कुराकानी गरिरहेको वार्ता टोलीका एक सदस्यले बताए ।

सरकारले सुरुमा धरपकड र पक्राउ गरेर दमन गर्ने नीति लिएको थियो ।

वार्ताका लागि प्रधानमन्त्री सचिवालयका टिम र तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेसमेतको टोली खटिएको छ ।

उनीहरूले विप्लव नेतृत्वको नेकपाका दोस्रो तहका नेतालाई भेटेर वार्ताको वातावरण बनाउन थालेका छन् ।

सरकारद्वारा प्रतिबन्धित नेकपाका पोलिटब्युरो र केन्द्रीय समितिका नेताहरू पनि वार्ताकै पक्षमा देखिएका छन् ।

औपचारिक वार्तामा बस्ने भने दुवै पक्ष निष्कर्षमा नपुगेको एक नेताले बताए ।

गत फागुन २८ गते विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको थियो ।

सो पार्टीका नेता–कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए ।

Published : Wednesday, 2019 May 22, 10:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया