काठमाडौंका कांग्रेसीहरूलाई २१ वर्षपछि आयो खुसी
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंले आफ्नो नयाँ भवनको निर्माण कार्य सम्पन्न गरेको छ । कार्यलय बन्न २१ वर्ष लागेको छ ।
कांग्रेसका नेता प्रकाशमान सिंहले २१ वर्ष अगाडि ०५४ भवनको शिलान्यास गरेका थिए । नेता सिंहले नै शनिबार भवनको उद्घाटन गरेका हुन् ।
काठमाडौं महानगरपालिकाको वडा नं. ३० ज्ञानेश्वरमा निर्माण भएको छ । चार तलाको भवनमा १६ वटा कोठा छन् । भवन निर्माणमा कति खर्च लागेको छ भन्ने हिसाव किताव नै छैन ।
सभापति कृष्ण सबुज बानियाँले यस अवधिमा धेरै जनाले जिल्लाको नेतृत्व सम्हालेकाले कति खर्च भयो भन्ने थाहा नभएको बताएका छन् ।
काठमाडौं कांग्रेसको भवनको निर्माण पूरा भएको जानकारी दिइए पनि पलाष्टर गर्न बाँकी छ । भवनको फिनिसिङ भएको छैन ।
Published : Sunday, 2018 November 11, 9:13 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत