संसदले सम्झियो खुमबहादुरलाई
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाले नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार बसेको अलगअलग बैठकले पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
खड्का विसं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य खड्काको यही चैत १६ गत ६७ वर्षको उमेरमा निधन भएको थियो ।
लामो समय प्रवास र जेल जीवनसमेत व्यतित गर्दै प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता स्व.खड्काले विभिन्न समयमा भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू–संरक्षण, आपूर्ति एवं जलस्रोत मन्त्रालयको कार्यभार सम्हालेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत