पृथ्वीनारायण शाहका कारण गर्व गर्न पायौँः ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पृथ्वीनारायण शाहकै कारण सबैले नेपाली भनेर गर्व गर्न पाइएको बताएका छन् ।
राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताएका हुन् ।
‘विभिन्न टुक्रामा विभाजित यस भूगोललाई एकीकरण गरेर नेपालको स्वरुपमा बदल्ने योगदान तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पिता पुर्खाहरूले गरेका हुन्’, उनले भनेका छन्, ‘जसका कारण आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौं । इतिहासको यस संरचनालाई बेलाबखतमा विभिन्न तत्वहरूले विखण्डन गर्न पनि नखोजेका होइनन् ।’
ओलीले भनेका छन्, ‘तर नेपालीहरूले यस्ता प्रयासलाई सजिलै परास्त गरेर अखण्ड नेपालको रुपमा कायम राखेका छन् ।’
ओलीले अझै पनि नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्ने तत्वहरू रहेको बताएका छन् । उनले भने, ‘विखण्डनकारी तत्वहरू कमजोर भइसकेका छन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
विश्वप्रकाशलाई केन्द्रीय सदस्य गुरुङको पत्र
कल्याण गुरुङ

यसमा तपाइको मत