म कम्युनिष्टहरूसँग डराउने महिला होइन : कांग्रेस नेतृ चौधरी

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएकी नेतृ सुशीला चौधरीले कम्युनिष्टहरूसँग डटेर आफूले सामना गर्ने बताएकी छिन् ।

देउखुरीको सिसहनियास्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ चौधरीले कम्युनिष्ट पार्टीहरू जनताको अधिकार खोस्ने गरेर अधिनायकवाद ल्याउने उदेश्यसहित सक्रिय रहेको बताएकी हुन् ।

‘नेपाली कांग्रेसले जनताको अधिकार रक्षा गर्छ । कांग्रेसको नेतृतवमा बनेको संविधानलाई हामीले रक्षा गर्नुपर्छ’, उनले भनिन्, ‘जनताको अधिकार रक्षाका लागि म कदापि पछाडि हटदिन ।’

कांग्रेस नेतृ चौधरीले निर्वाचनमा महिला शक्तिको भूमिका महत्वपूर्ण रहने पनि बताइन् । ‘दोस्रो संविधानसभा निर्वाचनमा म महिलाहरू कै सहयोगका कारण विजयी भएको हुँ’, उनले भनिन्, ‘संविधानको रक्षा, महिला अधिकार र आर्थिक विकासका लागि मसहित कांग्रेसका उम्मेदवारहरूलाई फेरि विजयी गराउन अपील गर्छु ।’

उनले महिला अधिकारका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । कांग्रेस नेतृ चौधरीले आफूले सुरुवात गरेको विकासका कार्यक्रमहरूलाई लक्ष्यमा पुगाउन पनि मतदाताहरूले माया गर्ने बताइन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले कांग्रेसले मात्रै मुलुकमा दिगो विकास र शान्ति सम्भव भएको बताए । उनले कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन मतदाताहरूसँग आग्रह गरे ।

Published : Saturday, 2017 November 11, 8:10 pm

1 प्रतिकृया प्राप्त “म कम्युनिष्टहरूसँग डराउने महिला होइन : कांग्रेस नेतृ चौधरी”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया