कांग्रेस नेतृ सुशीला चौधरीद्वारा ‘धमाकेदार’ प्रचार, तर्सिए कम्युनिष्टहरू

घोराही । दाङ क्षेत्र नं. १ बाट प्रतितिधि सभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी नेतृ सुशीला चौधरीले औपचारिक चुनावी कार्यक्रम सुरु गरेकी छिन् ।

आफ्नो चुनावी क्षेत्रमा पर्ने धारापानीस्थित पाण्डवेश्वर महादेवको मन्दिरमा बुधबार पूजाअर्चना गरेर नेतृ चौधरीले प्रचार अभियान सुरु गरेकी हुन् । धारापानी र धर्ना उनको १ नं. क्षेत्रमा पर्छ ।

यसअघि दोस्रो संविधान सभाका बेला कांग्रेस नेतृ चौधरी विजयी भएकी थिइन् । यसपटक पनि उनले एमाले–माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार मेटमणि चौधरीसँग प्रतिस्पर्धा गर्दै छिन् । एमालेका मेटमणिभन्दा सुशीला राजनीतिक पृष्ठभूमिमा स्थानीयका बीच निक्कै लोकप्रिय छिन् ।

कांग्रेस नेतृ सुशीलाको लोकप्रियताबाट दाङ क्षेत्र नं. १ का कम्युनिष्टहरू तर्सिदै आएका छन् । साधारण जीवनयापन गर्ने सुशीलाविरुद्ध कसैले औँला उठाउन सक्दैनन् । उनी विवादमा कहिल्यै पनि विवादमा नआएकी कांग्रेस नेतृ हुन् । उनलाई थारु र पहाडे समुदायले उत्तकै सम्मान गर्छन् ।

दाङ क्षेत्र नं. १ मा बाट संघीय संसदमा समानुपातिकतर्फ पार्वती डि.सी. चौधरी उम्मेदवार छिन् । क्षेत्र नं. १ को प्रदेश ‘क’मा प्रदीप थापा र ‘ख’मा जानकीलाल बस्नेत उम्मेदवार छन् ।

कांग्रेसका उम्मेदवारहरूले धर्ना, राजपुर, बेलासहितका विभिन्न स्थानमा पुगेर अगुवा नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरेको प्रचार–प्रसार समितिका संयोजक भेषराज पाण्डेयले जानकरी दिए ।

Published : Wednesday, 2017 November 8, 8:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया