नलवपुर- २ मा कांग्रेसका कार्कीले कम्युनिष्टहरूलाई धक्का दिँदै

– महेन्द्र चापागाइँ
नवलपुर । नवलपुर जिल्लामा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार बिष्णु कार्की चुनावी अभियानमा जुटेका छन् ।
कार्कीले जिल्लामा चुनावी अभियान सञ्चालन गरेसंगै स्थानीय माओवादी केन्द्र र एमालेका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर
चलेको छ ।
चुनावी अभियान अन्तर्गत जिल्ला मध्यबिन्दु नगरपालिकामा सम्पन्न भएको नेपाली कांग्रेसको कार्यक्रममा माओवादी र एमाले परित्याग गरी ५० जना कार्यकर्ता कांग्रेसमा प्रबेश गरेका छन् ।
जिल्लाको प्रदेशअन्तर्गत ४ बर्दघाट सुस्तापूर्व नवलपुर क्षेत्र न २ को प्रतिनिधि सभाका उम्मेदवारका रुपमा विष्णु कार्की चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।
कार्की एउटा कुशल राजनीतिज्ञ बुद्धिजीवी समाजसेवी युवा नेता भएका कारण युवाहरू कार्कीको समर्थनमा देखिएका हुन् ।
पार्टीभित्रका युवाहरूको साथ सहयोग रहनुका साथै बामगठबन्धनका युवाहरूले समेत कार्कीलाई रुचाएका छन् । कार्कीको सामाजिक कामका कारण सबैको रोजाइमा पर्न सफल भएका हुन् ।
कार्कीैको पक्षमा देखिएको युवाहरूको जनलहरले उनले चुनाव जित्नेमा पक्का जस्तै भएको छ ।
1 प्रतिकृया प्राप्त “नलवपुर- २ मा कांग्रेसका कार्कीले कम्युनिष्टहरूलाई धक्का दिँदै”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
अहो ! छोड्नै नहूने _भन्न चाहि योग्यता के हो?
खोलाको बगर खतरामा छ।