एमाले–माओवादी मिल्नु सकारात्मक : महासचिव झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले माओवादी केन्द्र र एमालेवीचको एकताको स्वागत गरेका छन् ।
रिपोर्टर्स क्लव नेपालमा मंगलबार आयोजित साक्षत्कारमा झाले भने, ‘पार्टीहरू मिल्नु अत्यन्तै राम्रो हो, दल थोरै हुनु स्वागत योग्य कुरा हो ।’
उनले पार्टी एकतालाई लिएर आफूहरू खुशी भएकाले सकारात्मक कदमका रुपमा लिएको बताए ।
उनले वामपन्थी एकता हुनु भन्दा पनि दलहरु एक हुनु खुशीको भएको टिप्पणी गरे ।
फरक प्रसँगमा उनले आउने मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्न आफूहरु खुल्ला रहेको स्पष्ट पारे ।
त्यसको लागि पहिलो प्राथमिकतामा संघीय समाजवादी फोरम नेपाल रहेको महासचिव झाले बताए । त्यस्तै उनले लोकतन्त्रवादी शक्तिहरू अब एक हुुन पर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
यसमा तपाइको मत